उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो।
उक्त खेलमा प्ले गुुप्र र सो भन्दा माथिका सबै विद्यार्थीहरूले सहभागीता जनाएका थिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै ऊनीहरूलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाऊन रहेको स्कुलका शैक्षिक निर्देशक निरू पौडेलले बताएका छन् ।
खेलकुदका साथै अन्य बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल र पुरस्कार प्रदान गर्दा विद्यार्थीहरु अत्याधिक खुसी भएका स्कुलका म्यानेजिङ डाईरेक्टर पंकज जैनले बताएका छन ।

यसरी पुरस्कृत हुँदा आगामी दिनमा विद्यार्थीहरु अध्ययनमा अझै बढी उत्साहीत हुने देखीन्छ ।