फेब्रअरी महिना विशेष प्रेमको महिना भन्ने बुजिन्छ । प्रणय दिवस सप्ताहमा प्रेमीप्रेमीकाहरू एकदम उत्साहित हुने गरेका छन् । पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित यस दिवसमा , तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर भ्यालेन्टान भने सम्राट् यस निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । पश्चिमी सभयताबाट प्रेरित यस दिवसलाई पछिल्लो समय नेपालमा मात्र नभई पूर्व जगतमा समेत फैसन नै बनेको छ ।
संसार भरीका प्रेमी–प्रेमिका लागि प्रणय सप्ताह एउटा विशेष उत्सव नै हो ।
रोज डेु भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा पर्छ । यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिने गर्छ्न। अहिलेको यो समयमा टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिने गरेका छन् ।
संसार भरीका प्रेमी–प्रेमिकाले यो दिन हर्षहूल्लासका साथ मनाउने गरेका छन् ।