अघिल्लो दुई कारोबार दिन शुक्रबार र आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला पाँच सय रुपैयाँ बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारबार भइरहेको छ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ