विराटनगर । पेरागन एकेडेमी माध्यमिक विद्यालय विराटनगरले आफ्नो २७औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व संस्थाका निर्देशक दीपकप्रसाद घिमिरेले गर्नुभएको थियो ।
त्रि वि का पुर्व सह परीत्रा नियन्त्रक तथा प्याब्सन केन्द्रीय कार्यसमितिका प्राज्ञिक सल्लाहकार डा उद्धव पोख्रेलको प्रमुख आतित्यथा र नगर प्याब्सन बिराटनगरका अध्यक्ष मोहन बुढाथोकीको विशिष्ट आतित्यथामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले अतिथि लगायत आफ्ना अभिभावकलाई विभिन्न कला , कौशल लगायत विभिन्न झाकी, मार्चपास, सङ्गीत , नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
प्रत्येक कक्षाका विद्यार्थीले आफैले आफ्नो कक्षाको कार्यक्रम संचालन गरेको अवलोकन पश्चात् बोलेका प्रमूख अतिथि पोख्रेलले ू पेरागन विद्यालयका विद्यार्थीले गरेको यो कार्यक्रमबाट सार्है प्रभावित भएको र निकट भविष्यमा विराटनगरको समग्र शैक्षिक कार्यक्रमको नेतृत्व यसै विद्यालयले लिने विस्वास आफुलाई लागेको र आजको कार्यक्रम ले त्यो दिन धेरै नजिक रहेको बताउनुभयो ।
विराटनगर नगर प्याब्सन अध्यक्ष मोहन बुढाथोकीले कार्यक्रमलाई सम्बोधन गर्दै यस विद्यालयका विद्यार्थी प्याब्सन र क्द्यक्ऋ का सबै क्रियाकलापमा सहभागी हुने गरेको र प्याब्सनले संचालन गरेका कार्यक्रममा यस पेरागन विद्यालयका विद्यार्थी अनुशासित, मिहिनेती र इमानदार पाएको र आजको यस कार्यक्रमले यहाँका विद्यार्थीको पढाईका साथसाथै अन्य क्रियाकलापमा समेत उत्कृष्ट रहेको प्रामाणित भएको बताउनु भयो ।
कार्यक्रममा सस्थाका प्रमोटर बैजनाथ माझीले स्वागत मन्तब्य राख्नु हुँदै विराटनगरको उत्तरी क्षेत्रमा रहेको यस विद्यालयले यस क्षेत्रका अभिभावकलाई अब आफ्ना छोराछोरीलाई आफुले खोजेको जस्तो विश्वबजारमा बिक्ने गुणस्तरीय शिक्षा मात्रै हैन नेतृत्व गर्ने शैक्षिक जनशक्ति उत्पादन गर्न आफ्नो टिम लागि परेको बताउनु भयो ।
कार्यक्रमलाई समापन गर्दै निर्देशक घिमिरेले पेरागन ऐकेडेमीले विभिन्न चरणका आरोह आवरोहको सामना गर्दै आजको २७ बर्षे परिपक्क बिद्यालय भएको र भौतिकरुमा भब्य र प्रशासनिकरुपमा चुस्त रहेको यस विद्यालय आजको यो अवस्थामा आइपुग्न सहयोग र विस्वास गर्नुहुने सम्पुर्ण अभिभावक, शिक्षाप्रेमी नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, मिहिनेती शिक्षक साथीहरु, अध्यायनशील प्यारा विद्यार्थी भाइबहिनिहरु सबैमा यथोचित सम्मान गरेका छन् ।