विराटनगर जुनियर जेसिजको अध्यक्षमा प्रिन्स पौडेलसहित १७ जना सदस्य समिति निरविरोध चयन भएका छन् ।
विराटनगर स्थित होटल श्री कृष्णमा शनिवार भएको विराटनगर जुनियर जेसिजले २७ औं पद हस्तान्तरण कार्यक्रमबाट पौडेल सहित १७ जना सदस्य समितिलाई निरविरोध चयन गरेको छ ।
नयाँ कार्य समितिको कानुनी सल्लाहकार गौरव कर्ण, तालिम संयोजक आयुशा खतिवडा , कार्यकारिणी उपाध्यक्ष दिया बानिया र विधान क्षेत्री ,महासचिव मातृका भण्डारी, कोषाध्यक्ष हेनरिका ढकाल, उपाध्यक्ष आदर्श कोइराला, ओम जोगी र आरभी तिम्सिना, जनसम्पर्क अधिकारीमा श्रियम सुवेदी, सहसचिवमा भने सिम्रिका तिम्सिना सर्वसम्मत चयन गरेको छ ।
यस अघि विराटनगर जुनियर जेसिजको अध्यक्ष पदमा विकल्प न्यौपाने रहेका थिए । कार्यक्रमका प्रमुख अतिथिकिा रुपमा उपस्थित भएका विराटनगर जेसिजका अध्यक्ष अभिनाश थापाले नव निर्वाचित पदाधीकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । कार्यक्रममा बिराटनगर जुनियर जेसिजका पूर्व अध्यक्षहरु, बिराटनगर जेजिसका पदाधिकारी तथा सदस्यहरु र बिराटनगर जेसिज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष लगायतको उपस्थिति रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।