विराटनगर । विराटनगरमा शनिवार अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिने भएको छ ।

एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई आज अभया सुब्बा र उनको ब्याण्डले निरनतर्ता दिनेछन् ।

उनले गाएका तिम्रो लागि, लैजाउ मलाई र आज किन जस्ता गीत रक तथा पप म्यूजिक रुचाउने स्रोत तथा दर्शकका लागि अत्यन्तै लोकप्रिय रहेका छन् ।

अभयाको स्वर र सुरले वेष्टर्न रकको राम्रो स्वाद दिने गरेको उन्का फयानहरुले बताउने गरेको छन् ।

त्यसमाथि उनले लिम्बु जातीको झयालीलाई मिसाउँदै गीत गाउँदा उनका समर्थकहरु मन्त्रमुग्ध हुने गरेका छन् ।

विराटनगर–२ शंकरपुर मार्गमा जारी रहेको सीएनआई एक्स्पोमा हरेक साँझ उत्कृष्ट गायक र ब्याण्डहरुले प्रस्तुति दिने आयोजकले बताएका हुन् ।

यसै क्रम्मा शनिबार अभया का साथै स्थानीय ब्याण्डका रुपमा ‘डिल्ली फम्बो एण्ड दि ब्याण्ड’ ले पनि गीतहरु स्टेजमा प्रस्तुत गर्ने आयोजकले बताएको हो ।

गीत संगीत बाहेक डान्स ग्रुपहरुको प्रस्तुति पनि नियमित नै रहने जनाइएको छ ।

3
Shares
२१ माघ २०७९, शनिबार १६:२०