विराटनगर । युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो प्रस्तुति दिंदैछन् ।

गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहले एक्स्पोमा प्रस्तुति गर्ने आयोजकले बताएका छन् ।

प्रदेश १ कै सुन्दर शहर धरानबाट राईले संगीतको यात्रा सुरु गरेका हुन् । राईको प्रस्तुति विराटनगरमा ऐतिहाँसिक हुने गरेको स्थानिय प्रभा पौडेलले बताएकि छिन् । उनका हरेक लाइभ कन्सर्ट हिट हुने गरेको पौडेलले बताएकि हुन् ।

सविन राईले यसअघि विराटनगर आएर आफ्नो प्रस्तुति दिंदा उनलाई लाइभ सुन्न नजिकका प्रमुख शहर इटहरी, धरान, उर्लाबारी, दमक, गाईघाट र विर्तामोडसम्मका दर्शक उर्लिएका थिए ।

राईको प्रस्तुतिले विराटनगरको सन्ध्याकालिन चिसोपनि तातिने स्थानिय संजय रजकले बताए । दर्शकहरुले सविनलाई नजिकैबाट लाइभ हेर्न र उनका लोकप्रिय गीतहरुमा झुम्न खुव रुचाउने गरेको रजकले बताएका हुन् ।

गुराँसको फेदमुनी, कोमल त्यो तिम्रो वदनमा, किन कि म, नमूना, म संसार जित्ने आँट गर्दैछु जस्ता गीत उनका फलोलर्सहरुका लागि कहिल्यै छुटाउन नमिल्ने गीतभित्र पर्दछन् ।

3
Shares
२० माघ २०७९, शुक्रबार १६:२७