विराटनगर । विराटनगर ५ जामुनगाछीमा रहेको मदरल्याण्ड एकेडेमीमा वसन्त पञ्चमीको अवसरमा साँस्कृतिक तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको  थियो।

स्कुल परिसरभित्र आयोजना गरिएको सांस्कृतिक तथा अक्षरारम्भ कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले साँस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले नृत्य, गायन प्रस्तुतगरी दिनभरी रमाइलो गरेका थिए ।

सोही अवसरमा अक्षरारम्भ कार्यक्रम कक्षा नर्सरीमा निःशुल्क भर्ना गरिएको स्कूलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिएका छन् ।

त्यसैगरि भजन कृतन प्रतियोगिताको समेत आयोजना गरेको स्कूलले जनाएको छ । विराटनगरका विभिन्न वडाबाट आएका भजन मण्डलीले प्रतियोगितामा सहभागि रहेका थिए ।

विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रम्मा विराटनगर महानगरका मेयर नागेश कोईराला र प्रदेश १ प्रदेशसभा सांसद भिम पराजुलीको उपस्थिती रहेको थियो ।

3
Shares
१३ माघ २०७९, शुक्रबार १६:५४