विराटनगर । जतुवास्थित गुरुकुल माविले विद्यालयको ३४ औँ स्थापना दिवको सु–अवसरमा चार पूर्व विद्यार्थीलाई सम्मान गरेको छ ।विद्यालयबाट सम्मानित चारै युवा हाल डाक्टर भएर समाज सेवा गरिरहेका छन् ।

शिक्षक हरिप्रसादका अनुसार सम्मान पाउनेमा डा. कमलकिशोर यादव, डा.भुपेन्द्र यादव, डा. रोहितकुमार साह र डा.अमन साह रहेका छन् ।

वसन्त पञ्चमीको अवसरमा आयोजित यज्ञ हवनमा सहभागिता जनाउँदै चारै युवाले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्ने बताएका हुन् ।

विद्यालयमा आफुहरुले जिवन उपयोगी ज्ञान आर्जन गरेकाले आफहरुबाट सम्भव सबै प्रकारको सहयोग विद्यालयलाई गर्ने डा.अमन साहले बताए ।
गुरुकुल माविका संरक्षक तथा संस्थापक प्रधानाध्यापक पीताम्बर शर्मा, प्रधानाध्यापक चाणक्यदेव उप्रेती‘कमल’ र बरिष्ठ शिक्षक गोपाल काफ्लेद्वारा संयुक्त रुपमा सम्मान गरिएको हो ।
3
Shares
१३ माघ २०७९, शुक्रबार १६:४९