सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगको तयारी खर्चबापत क्लबहरुले १४ लाख ५० हजार रुपौयाँ प्राप्त गर्ने भएका छन् । लिगमा १४ टोलीको सहभागिता रहने छ ।
एन्फाले माघ २९ गतेसम्म टिम तथा चैत ७ सम्ममा खेलाडी दर्ता गरिसक्नु पर्ने जनाएको छ । प्रत्येक टोलीले २० खेलाडी राख्न पाउनेछन् ।लिग विजेताले १५ लाख , उपविजेताले १० लाख रुपैयाँ तथा तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।