बिर्तामोड । खाना नपकाएको निहुँमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

अर्जुनधारा नगरपालिका ९ का विश्वराज घिसिङले लात्तले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दीमा डेरा गरी बस्ने घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

खाना नपकाएको भन्दै झगडा गरी पेटमा लात्तले हान्दा प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

42
Shares
२७ पुष २०७९, बुधबार १५:१७