विराटनगर । केही दिनयता खराब मौसमका कारण हवाई उडानहरु प्रभावित भइरहेका छन् । मंगलबारसम्म १ सय २२ वटा आन्तरिक उडान रद्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट‍्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न गन्तव्यका लागि जाने तयारीमा रहेकामध्ये दुईतर्फी गरी १ सय २२ वटा उडान रद्द भएका हुन् ।

उडान रद्द हुँदा कम्तीमा ५ हजार यात्रु गन्तव्यमा पुग्न सकेनन् । खराब मौसमका कारण बुद्धले ६६, यतीले २८, श्रीले २०, सौर्यका ६, गुणका २ गरी १ सय २२ वटा उडान रद्द भएका हुन् ।

भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, पोखरा, नेपालगन्ज र धनगडीका उडान रद्द भएका हुन् ।

खराब मौसमका कारण अन्तरप्रदेश उडान पनि प्रभावित भएको वायुसेवाहरुले जनाएका छन् ।

हिउँद याममा तुवाँलो र शीतलहरका कारण भीजीवीलिटी नपुग्दा वायुसेवा कम्पनीले उडान रद्द गर्नुपर्छ ।

14
Shares
२७ पुष २०७९, बुधबार ११:२८