अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर सञ्चालक भेषराज लामिछानेलाई गत बिहीबार गोली हानी हत्या गरिएको हो ।
लामिछाने तनहुँको दमौलीका हुन् । उनी आठ वर्ष अघि डिभी परेर अमेरिका पुगेका थिए।राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएका उनका आफन्तले बताएका छन् ।
५३ वर्षका लामिछानेमाथि गोली चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।गोली चलाउने २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ।