मङ्गलबार बिहान अस्पतालका विभिन्न विभाग तोडफोड भएको थियो ।
दुई दिनका एक शिशुको मृत्यु भएपछि आक्रोशित बनेका शिशुका परिवार तथा आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।गर्भवती महिलालाई राखेर सुत्केरी गराउने कार्यकक्ष केही दिन सञ्चालन नै गर्न नसकिने गरी तोडफोड भएको अस्पतालले जनाएको छ । सीसी क्यामरा पनि फुटाइएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश शर्माका अनुसार अस्पतालमा निकै ठूलो क्षति पुगेको छ ।अस्पतालमा भौतिक रूपमा लाखौँको क्षति भएको र स्वास्थ्यकर्मीलाई काम गर्न नै डराउने अवस्था आएको भन्दै शर्माले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताभएका छन् ।
अस्पताल तोडफोडपछि जनपथ र सशस्त्र प्रहरीको टोली पुगेर अस्पताल तथा स्वास्थ्यकर्मीलाई सुरक्षा दिएको छ ।
घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र प्रहरीलाई घटनाको विषयमा ढिला गरी जानकारी भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलीप गिरीले बताए ।