कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन बनाए ।
भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या, मोहम्मद सामी र युजभेन्द्र चहलले समान एक/एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । उसका विराट कोहलीले १ सय १३ रनको शतकीय पारी खेले ।
श्रीलंकाका कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका, चमिका करुणरत्ने, दासुन शनका र धनन्जय डा शिल्भाले समान एक/एक विकेट लिए । जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।