नेकपा माओवादी केन्द्रबाट सांसदमा विजयी गौतमलाई पार्टीले सभामुखको उम्मेदवार बनाएको हो । सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले सहितका दलको समर्थनमा उनले सभामुखमा मंगलबार मनोनयन दर्ता गराएका छन् ।
प्रतिपक्षीले उम्मेदवार नउठाएका कारण ओखलढुंगाको ‘ख’ बाट निर्वाचित गौतम सभामुख बन्ने पक्का भएको हो । सभामुखको निर्वाचन आगामी बिहीबारका लागि तोकिएको छ ।गौतमलाई सत्तारुढ एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का ६० जना सांसदको समर्थन छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद छन् । प्रतिपक्षी दलहरु कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद छन् ।