गगन नुनिया
विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले राचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

दोस्रो प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै राईले आफ्नो पार्टीले सरकारको कामको आलोचना मात्र नभई राम्रो काम गरे सल्लाह सुझाव दिने बताए ।

ठूलो बलिदानबाट संघीयता प्राप्त भएको भन्दै उनले जनअपेक्षाअनुरुप काम गर्न सरकारलाई सुझाव दिए ।

विगतमा प्रतिपक्षीले सरकारको आलोचनामात्र गर्ने तर विकासको काममा साथ नदिएकाले कतिपय नीतिगत कुराहरु अधुरो रहेको उनले बताए ।

पछिल्लो समय सरकार र प्रतिपक्ष दुवैमा अनुशासनको अभाव रहेको उनले बताए । प्रतिपक्ष सरकारको आलोचना गर्ने र सरकार प्रतिपक्षीलाई पेल्ने काममा रुमलिँदा कतिपय कार्यहरु अधुरो रहेको उनले बताए ।
28
Shares
२६ पुष २०७९, मंगलवार १४:२०