खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।
आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । लुम्बिनी फाइनलमा पुगिसकेको छ ।लिगको समूह चरणको दुई खेलमा विराटनगर र जनकपुरले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै टोलीले खेल जनकपुरले जितेका थिए ।
आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।