विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख पदका लागि पुस २८ गते निर्वाचन गरिने भएको छ । उपसभामुख चयन गर्न पुस ३० गते निर्वाचन गर्ने सर्वदलीय बैठकमा सहमति गरिएको छ ।

प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएकामा प्रदेशसभाको बैठक मंगलबार ११ बजेका लागि राखिएको छ ।

संविधानको धारा १८२ को उपधारा १ मा प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

यस्तै धारा १८२ को उपधारा २ मा उपधारा ९१० बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुने गरी गर्नुपर्नेछ ।

प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

21
Shares
२४ पुष २०७९, आईतवार १५:५६