गत शुक्रबार ढोकाको ताला फुटाएर रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले शंकास्पद पाइएपछि सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपालीलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीसँग सोधपुछ गरेको जनाएको छ ।
सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको प्रारम्भिक अध्ययनबाट खुलेको पमोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।कार्यालयबाट करिब ५० मिटर पश्चिममा पैसा राखिने गरेको बाक्साफेला परेको थियो ।
उक्त सहकारी स्थानीय महिलाहरु मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।