काठमाडौं । नेपाली कांग्रेसले आफूहरु नयाँ गठबन्धन बनाउने कसरतमा नलागेको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन नजिकिदै गर्दा वैकल्पिक गठबन्धन बनाउने प्रयास भइरहेको चर्चा भएका बेला कांग्रेसले आफूहरुले त्यसका लागि कुनै पहल नगरेको बताएको छ ।यसैबीच, कांग्रेसले संसदमा आफ्नो भूमिका प्रभावकारी बनाउने निर्णय गरेको छ ।

त्यस्तै, कांग्रेसले संसदीय दलको कार्यसमितिलाई छिट्टै पूर्णता दिने बताएको छ ।

संसदीय दलको नेता र मुख्य सचेतक चयन भएपनि अन्य पदाधिकारी भने कांग्रेसले टुङ्गो लगाउन बाँकी छ ।
21
Shares
२४ पुष २०७९, आईतवार १०:१९