बेलायतको लन्डन माउन्टेन चलचित्र महोत्सवमा छनोट भएको वृत्तचित्रले अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको छ। ३५ मिनेटको वृत्तचित्रलाई शारदा गैरेले निर्माण गरेका हुन् ।
कर्णाली प्रदेश हुम्लाको भरगाउँमा छायाङ्कन गरिएको वृत्तचित्रमा जेठो दाजुलाई मुख्य श्रीमान् र भाइहरूलाई सहायक श्रीमान्का रूपमा देखाइएको छ।वृत्तचित्रले हुम्ला, डोल्पालगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।