विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो ।

भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शनिबार बिहान विदाई गरिन् ।

वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा गएका हुन् ।

वडाको वार्षिक विनियोजित बजेटअन्तर्गत ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन यात्रामा लगेको वडाध्यक्ष गिरीले बताए ।

ज्येष्ठ नागरिकहरुलाई झापा र इलामका विभिन्न धार्मिक र पर्यटकीयस्थलको भ्रमण गराइनेछ ।

11.56k
Shares
२३ पुष २०७९, शनिबार ०९:३७