विराटनगर । जिल्ला सहकारी संघ लिमिडेट मोरङले ३० औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।

कार्यक्रमको सभापतित्व जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोख्रेलले गरेका थिए ।

प्रमुख अतिथिका रुपमा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश पोखरेल थिए भने अन्य पदाधिकारीको पनि सहभागिता थियो ।

सल्लाहकार समितिका सदस्यहरु पनि कार्यक्रममा सहभागी थिए ।

प्रमुख अतिथि रमेश पोखरेलले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

पोखरेलका अनुसार सबैको साझा प्रयासबाट जिल्ला सहकारी संघ नेतृत्वदायी भूमिकामा पुगेको बताए ।

अभिभावकत्व प्रदान गर्ने हिसाबले अगाडि बढिरहेको भन्दै उनले अझ सफलताका लागि शुभकामना दिएका थिए ।

कोरोना महामारीको असर, रसिया–युक्रेन युद्धको प्रभाव आदिले गर्दा विश्वकै अर्थतन्त्रमा ठूलो असर परिरहेको सहभागीले जनाएका थिए ।

यसको असरले नेपाल र यहाँको अर्थतन्त्रका विभिन्न क्षेत्र पनि प्रभावित बनेको उनीहरुको भनाइ थियो ।

पछिल्ला दिन भने नेपालको आर्थिक अवस्थामा सुधारको संकेत देखिएको भन्दै उनीहरुले अब राम्रो अवस्था आउने आशा व्यक्त गरेका थिए ।

84
Shares
२२ पुष २०७९, शुक्रबार १९:२४