तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपर्नेमा जोड दिए ।
मेयर कोइरालाले विराटनगरलाई नेपालमै सबैभन्दा उत्कृष्ट न्याय सम्पादन गर्ने महानगरका रुपमा स्थापित गराउन आग्रह गरे ।न्यायिक समितिकी संयोजकसमेत रहे की उपमेयर शिल्पा निराला कार्कीले महानगरले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताइन् । उनले मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन् ।
बिहीबारदेखि ७ दिनसम्म सञ्चालन हुने तालिममा न्यायाधीश राजेश कटवाल, अधिवक्ता कला त्रिताल, राजकिरण पौडेल, सरिता अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले प्रशिक्षण दिनुहुने महानगरकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् ।पहिलो चरणमा १ देखि ६ नम्बर वडाका ६–६ जनाका दरले तालिममा सहभागी हुनेछन् । त्यसैगरी दोस्रो चरणमा ७ देखि १२ र तेस्रो चरणमा १३ देखि १९ वडालाई समेटेर तालिम दिइनेछ । हरेक वडाबाट ६ जना मेलमिलापकर्तालाई सहभागी गराइनेछ । पहिलो चरणको तालिममा ३६ जना मेलमिलापकर्ता सहभागी भएका छन् ।