विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ स्थित गुम्बा टोलमा बिहीबार बिहान आगलागी हुँदा जलेर २ वटा घर ध्वस्त भएका छन् । साढे ३८ लाख बराबरको क्षति भएको छ ।

स्थानीय टीकामाया तामाङको घरबाट बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो । आगोले टीकामाया र बुद्धिबहादुर तामाङको घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट हुँदा घरमा आगलागी भएको आशंका गरिएको छ ।

स्थानीयका अनुसार आगोले टीकामायाको घरसहित घरमा रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचरका सामान, काठ, डेढ तोला सुन र ७५ हजार रूपैयाँ नगद जलेको छ ।

त्यस्तै बुद्धिबहादुरको पनि घरसहित घरमा रहेका सबै सरसामान, १ तोला सुन र ५० हजार रूपैयाँ नगद जलेको प्रहरीले जनाएको छ ।

आगोले दुवै घरको ३८ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

धरान तथा सुन्दरहरैँचाबाट पुगेका ४ वटा दमकल, स्थानीय र प्रहरी मिलेर आगो निभाएका थिए ।

21
Shares
२२ पुष २०७९, शुक्रबार १०:१०