५ लाख रुपैयाँ ‘सुपारी’ दिएर सुटरबाट धनुकधारीको हत्या गराएको आरोपमा किरियामा बसेका उनका छोरा २१ वर्षीय प्रदीप दाससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मलेन गरी घटनामा संलग्न अभियुक्तसहितलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा उनका ज्वाइँ महोत्तरीको पिपरा गाउँपालिका वडा नं। ५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र सुटर धनुषा नगराईन नगरपालिका वडा २ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादव छन् ।
ज्वाइँ घुरण नेपाल प्रहरीको हवल्दार हुन् । उनी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्राविधिक शाखामा कार्यरत रहेको धनुषाका प्रहरी उपरीक्षक शिवराज खड्काले जानकारी दिए ।घटना पारिवारिक कलहको कारण भएको जनाइएको छ । मृतक धनुकधारीका दुई श्रीमती छन् । घरमा भइरहने विवादको कारण जेठी श्रीमती तर्फका छोरा प्रदीप र ज्वाइँले योजनावद्ध तरिकाले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।
मोटर मिस्त्री रहेका धनुकधारीको हत्या गत पुस ९ गते बेलुकी सवा ७ बजे उनकै घरमा बिग्रिएको दमकलको मर्मत गरिरहेका बेला गोली प्रहारबाट भएको थियो ।