आर्थिक वर्ष २०७७–०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यसको एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७८–०७९ मा श्रम स्वीकृति लिनेको संख्या बढेर २ हजार १ सय ८८ पुगेको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।तीमध्ये अधिकाशंले मलेशिया र खाडी राष्ट्रका लागि श्रम स्वीकृति लिएका छन् ।
पछिल्लो दश वर्षमा धनकुटाका झण्डै ४८ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।