पाकिस्तानले अधिकांश ऊर्जा आयातित जीवाश्म इन्धन प्रयोग गरेर उत्पादन गर्छ ।
गत वर्ष विश्वमा ऊर्जाको मुल्य उकालो लागेदेखि नै पाकिस्तानको घट्दो अर्थतन्त्रमा थप दबाब सिर्जना भएको थियो ।उर्जा आयातका लागि भुक्तान गर्न अन्य देशलाई विदेशी मुद्रा, विशेष गरी अमेरिकी डलर चाहिन्छ ।
गत वर्ष विदेशी मुद्राको सञ्चिति करिब ५० प्रतिशतले घटेपछि पाकिस्तान सरकारले आर्थिक संकटको सामना गरीरहेको छ ।पाकिस्तान सरकारसंग हाल एक महिनाका लागि आयात गर्ने विदेशी मुद्रा मात्र सञ्चित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानले अर्थतन्त्रलाई स्थिर बनाउन बर्षौदेखि संघर्ष गर्दै आएको छ । गत वर्ष पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण पाकिस्तानको वित्तमा पनि असर परेको थियो ।
बाढीले ४० अर्ब डलरको क्षति पुर्याएको विश्व बैंकले अनुमान गरेको थियो । यसैबीच, आगामी जुलाईबाट पाकिस्तानले विद्युतीय पंखा उत्पादनमा रोक लगाउने भएको छ ।