मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीका अनुसार एक हप्तामा मोरङ प्रहरी र मातहत कार्यालयहरू समेत गरी जिल्लाका विभिन्न स्थानमा चोरी तस्करी भएर आएको २७ लाख ९२ हजार ६८३ मूल्य बरावरको सामान बरामद गरिएको हो ।
भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको उनले बताए ।बरामद गरेको सामान आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
मोरङ प्रहरी र विराटनगर भन्सारले केही दिनअघि ५६ लाख मूल्य बरावरको तस्करीको सामान नियन्त्रणमा लिएका थिए ।विराटनगरको महावीर रोडमा अनिल साहको गोदाममा छापा हानेर अवैध रूपमा भन्सार छली गरेको दुई गाडी कपडा बरामद गरेको थियो ।