काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को जुन २२ देखि सुरु हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । यसपटक महोत्सव जुन २५ सम्म चल्नेछ।

वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि आवेदन पनि खुल्ला गरिएको छ ।

फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछन् ।

नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछन् ।

स्थापना कालदेखि ुग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्म यो वर्ष पनि समावेश हुने बताइएको छ ।

महोत्सवमा प्रदर्शन गरिएका फिल्ममध्येबाट उत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।

3
Shares
२० पुष २०७९, बुधबार २०:४८