दुवैले ५५ केजीमुनि तौल समूहमा स्वर्ण पदक प्राप्त गरे ।
मानसिंह जोडो टिम च्याम्पियन भएको छ । मानसिंहले प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो ।
बुधबार ९ स्पर्धाको फाइनल भएको थियो । पुरुषतर्फ ५५ केजीमुनि तौलमा मनकामनाका सुनीलले च्याम्पियन मार्सल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा हराएका थिए । ऋतम्भरा डोजोका लाक्पा लामा र नीमा योञ्जनले कांस्य जितेका थिए ।
५० केजीमुनि तौलमा मानसिंह डोजोका सुविन सुनारले ऋतम्भराका विवेन्द्र तामाङलाई हराएर स्वर्ण जिते । च्याम्पियन मार्सलका अग्रिम मैनाली र हायासी हा डोजोका उमेश नेपालीले कांस्य जिते ।६० केजीमुनि तौलमा ऋतम्भराका डेनिल मोक्तानले नागदेश डोजोका विमल कार्कीलाई हराएर स्वर्ण जिते । ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियनका राजीव खड्काले कांस्य जिते । ६० केजी माथि खुला तौलमा च्याम्पियनका अनिल बरामले स्वर्ण जिते । उनले फाइनलमा मनमैंजु डोजोका महेश चापागाईंलाई पराजित गरे । नेसनल युनाइटेडका अनमोल तामाङ र मनमैंजु डोजोका कुसुम श्रेष्ठले कांस्य जिते ।
महिलातर्फ ४५ केजीमुनि मनमैंजुकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइबालाई हराएर स्वर्ण जितिन् । नेसनल युनाइटेडका अनुरती कार्की र कालिकाशरण स्कुलकी दीपाना तामाङले कांस्य जिते ।
५० केजीमुनि मनमैंजुकी पुष्पका लामाले स्वर्ण जितिन् । उनी एकल कातामा पहिलो भएकी थिइन् । दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भराकी रोजी तामाङलाई हराइन् । च्याम्पियनकी इरा केसी र थैव डोजोकी संगीता लिम्बुले कांस्य जिते ।
५५ केजीमुनि च्याम्पियनकी नीमा तामाङले लुभु डोजोकी आयुशा राईलाई हराइन् । ऋतम्भराकी अनिशा तामाङ र मानसिंहकी सविता तामाङले कांस्य जिते ।
६० केजीमुनि हायासी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बम्जनलाई हराएर स्वर्ण जितिन् । लुभुकै बेविशा राई र चौताराकी अञ्जु तामाङले कांस्य जिते । ६० केजीमाथि खुला स्पर्धामा मानसिंह डोजोकी प्रविना गुरुङले स्वर्ण जितिन् । उनले फाइनलमा भृकुटी डोजोकी इरा थिङ तामाङलाई हराइन् । लुभुकी पहल्का दुरा मगर र ऋतम्भराकी प्रशंशा श्रेष्ठले कांस्य जिते ।
विजेता खेलाडी र टिमलाई पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायत पुरस्कृत गरे । सर्वोत्कृष्ट खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगत जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे ।