हस्तान्तरणको क्रममा सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै त्यस कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले रोड डिभाइडर उपलब्ध गराइएको जानकारी गराइन् ।
सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी साधनहरुलाई व्यवस्थित रुपले ओहोर दोहोर गर्न सहजहुने र जाम, दुर्घटना आदिको जोखिम कम हुने गरेको छ ।रिजालको पोलिट्याङ्कले सेन्ट्रललाई सौजन्य गरेको सो रोड डिभाइडरहरु ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले वितरण गरिएको जनाइएको छ ।