कीर्तिपुरस्थित टियु मैदानमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए ।फार वेस्टका लागि नुर अहमद, प्रकाश जैशी, करण केसी र हसमतुल्लाह साहिदीले समान १–१ विकेट लिए । त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
फार वेस्टका लागि विनोद भण्डारी ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।विराटनगरका लागि साहब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । राज नानन, विवेक यादव र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट आफ्नो नाममा गरे ।
आठ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।