प्रदेश १ पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना ब्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो ।
स्वर्ण पदक खेलाडीलाई जनही नगद एक लाख, रजत पदक बिजेतालाई ७५ हजार र कास्य पदक बिजेतालाई ५० हजारसहित सम्मान गरिएको हो ।यस्तै प्रशिक्षकलाई नगद २५ हजार र ब्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ ।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५३ कास्य गरी ८६ पदकका साथ छैठौ स्थान हासिल गरेको थियो । खेलाडी तथा प्रशिक्षकलाई मुख्यमन्त्री राजेन्द्र रार्इले सम्मान गरेका हुन ।