विराटनगर । विदेशी पैसा चोरीको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–११, मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो एक युवक पक्राउ परेका छन् ।

अमेरिकी डलर, भारतीय रुपैयाँ र युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेशकुमार पोदारका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।

केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दा अवैध गतिविधिमा संलग्न भएको खुलेको हो ।

ती सामान गिरीले केही दिनअघि काठमाडौंको बौद्धबाट चोरी गरेको भन्ने खुलेको प्रहरीले जनाएको छ ।
28
Shares
१९ पुष २०७९, मंगलवार ११:४४