निर्देशक सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ का लागि दुई वर्षअघि साइन गरेका थिए । त्यस क्रममा उनले थुप्रै नेपाली फिल्म छोडे । तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन् ।
विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो ।व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए ।
विपिनका अनुसार उनलाई ६ दिनभित्रै बोलाइएको थियो । यहाँ सुटिङ भइरहेको प्रसाद २ अmभै दुई साता छाड्न नमिल्ने भएका कारण ‘एनिमल’ छोडेका हुन् ।यतिबेला विपिनको हातमा नेपाली फिल्म ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ लगायत आधा दर्जन बढी फिल्म छन् ।