काठमाडौं । रोजगारीका लागि कतार पठाइदिने भन्दै करिब २ लाख रुपैयाँ ठगी गर्ने झापाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको धुलाबारी घर भइ काठमाडौंको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले समीर तामाङलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमा उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनुसन्धान तथा कारबाहीको लागि भण्डारीलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
7
Shares
१९ पुष २०७९, मंगलवार ०६:५७