सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दानपेटिका फुटाएर त्यस भित्रका भेटी रकम आइतबार राति चोरी भएको हो । एउटा दानपेटिका हराएको छ ।
बालचर्तुदर्शीका भेटीहरू सङ्कलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताए ।नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरू सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि आउने गरेका छन् ।