अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टोलीले भोजपुरकी ३० वर्षिय सृजना तामाङ्गको मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाउन सफल भएको हो ।
काम गर्ने क्रममा घरमा लडेर तामाङ्गको मेरुदण्ड भाँचिएर नशा च्यापिएको थियो । जसका कारण उनका दुवै खुट्टा नचल्ने भएको थियो । उपचारका लागि विभिन्न अस्पतालमा प्रयास हुन नसकेपछि उनी आर्या न्यूरोमा पुगेकी थिइन् ।२८ दिनको अस्पताल बसाइपछि परामर्शका लागि अस्पतालमा भेटिएकी उनले आर्यालाई धन्यवाद दिइन् ।
‘नयाँ जीवन दिएकोमा आर्या न्यूरोप्रति कृतज्ञ छु’ उनले भनिन्, ‘उपचारपछि मज्जाले हिँड्डुल गर्न सक्ने भएको छु ।’शल्यक्रियापछि बिरामीले नियमित थेरापी गरेपछि अहिले राम्रोसँग हिँड्डुल गर्नसक्ने भएको उपचारमा संलग्न चिकित्सक डा. नेपालले बताए ।
‘मेरुदण्ड भाँचिएर नशा च्यापिएका बिरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । पिसाब लागेको पनि थाहा हुँदैन । वहाँ लडेको एक हप्तापछि हस्पिटल आएकाले हामीले तुरुन्त शल्यक्रिया गर्याैँ र च्यापिएको नशा खोल्न सफल भयौँ’ डा. नेपालले भने, ‘३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले वहाँलाई ठिक भएको छ ।’
डा. नेपालका अनुसार हातखुट्टा चलाउने नशाहरु मेरुदण्डको स्प्याइनल क्यानलमा जोडिएका हुन्छन् । त्यसैले नशाा च्यापिएका बिरामीको उपचार चाँडो गर्नसके मात्र बिरामी रिकभर हुन सक्छन् । त्यसो हुन नसके नशामा क्षति हुने र रिकभरीमा समस्या हुने गर्छ ।
अत्याधुनिक उपकरण र वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टोलीले सेवा दिइरहेको आर्या न्यूरो अस्पतालले टाउको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा निरन्तरता सफलता पाइरहेको छ ।
अस्पतालमा टाउको, नशा र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।