मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी डेरी उद्योगले कार्टेलिङ गरेर मूल्य बढाउँदा त्यसको असर आमउ पभोक्तामा पर्न गएको बताएका छन्।
नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् ।डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् ।यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।
सङ्घ आबद्ध डेरीले मूल्य बढाए पनि दुग्ध विकास संस्थानलगायत नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी व्यवसायीले भने मूल्य बढाएका छैनन् ।
दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झाले डीडीसीले दूधको मूल्य वृद्धि नगरेको जनाए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको बताए ।
एसोसिएसनमा घरेलु, मझौला, साना र ठूला गरी २५५ डेरी सदस्य छन् ।
यसैबीच, मूल्य बढाउने निर्णय गरेका हिमालयन डेरी र सीताराम डेरीले भने बढेको मूल्य फिर्ता गरेको जनाएका छन् ।