देशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।अहिले बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भूभागमा हुस्सु, कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज राति पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।यस्तै, प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार पनि प्रदेश १ को पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
मंगलबार पनि प्रदेश १ को पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।