फेस्टिभलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
साँगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएसन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्ति मादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताइन्।
पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ ।फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेली टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताए ।
फेस्टिबलमा अर्ग्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनीसहितको स्टल राखिएका छन् ।