विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चुनिएका छन् ।

शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिइन् ।

राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन् ।

यसअघि एमालेले हिक्मतकुमार कार्की, माओवादी केन्द्रले इन्द्रबहादुर आङ्बोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

शुक्रबार बिहान भएको निर्वाचनमा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी बनेका छन् । उनी कांग्रेसको प्रदेश १ समितिका सभापति हुन् ।

21
Shares
१५ पुष २०७९, शुक्रबार १५:१०