यसअघि पुस १५ गतेदेखि उक्त प्रणालीमा दर्ता नभएका मोबाइल सेटहरु सञ्चालन नहुने घोषणा गरिएको थियो ।
दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले एमडीएमएस तत्काल लागू गर्न निर्देशन आएकाले आजबाटै लागू नहुने जानकारी दिएका छन्।नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट एमडीएमएस प्रणाली तत्काल लागू गर्ने तयारी गरेको थियो ।
विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न आवाज उठेको पछि निर्णय कार्यान्वयन नभएको हो ।नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा कडाई गरिएपछि उनीहरुले ‘नो रेमिटेन्स’ अभियान सुरु गरेका छन् ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गर्न सूचना जारी गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमएस तत्काल लागू नगर्न निर्देशन दिएपछि प्राधिकरणले हाललाई स्थगित गरेको हो ।