विराटनगर । बौद्ध धर्मालम्वीहरुले आज शुक्रबार नयाँ वर्ष अर्थात् तोला लोसार पर्व भव्यरुपमा मनाउँदै छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउने गरिएको छ ।

तोला लोसारलाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका छन् ।

सरकारले यस अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको छ । बुधवार देखिनै काठमाडौँको टुँडिखेल लगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन् ।

बौद्धधर्म अन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु० मा तिथि मिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार पर्व मान्नु हो । ‘लो’ को अर्थ वर्ष र ‘सार’ को ‘अर्थ’ बाट ‘लोसार’ शब्दको उत्पत्ति भएको तथ्य छ ।

क्रमिक रूपमा १२ वटा वर्ष (लो) परिवर्तन हुँदा लोसार पनि सोही अन्तर्गत रहेर मनाउने गरेको नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सेर्की शेर्पाले बताए ।

उनका अनुसार बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक लो )वर्ष) परिवर्तन हुने गर्छ। त्यसै अन्तर्गत यो वर्ष त्यसैले हिम वत् खण्डबाट सुरु भएको बाघ वर्ष समाप्त भएर बिरालो वर्षको सुरुवात भएको हो ।

लोसारमा नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स, फलफूल र जात विषेशको नयाँ नयाँ खानाका परिकारहरू खाएर शुभकामना साटासाट गरी मनाइन्छ ।

28
Shares
१५ पुष २०७९, शुक्रबार ०९:२५