मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।
बिहान काठमाडौ उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाडौं र पहाडी क्षेत्रमा हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ ।तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेलले जानकारी दिए । केही दिनदेखिको लगातारको हुस्सु कुहिरोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । लगातार हुस्सु कुहिरो लागे पनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् ।