काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । एमाले सहितको नयाँ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो ।

पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुने नहुनेबारे अन्योल थियो ।

बुधबारको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएका थिए । त्यसपछि पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको नेताहरुले बताएका छन् ।

संघीय सरकारमा सहभागी हुने निर्णय भए पनि प्रदेशहरुमा अरु दलसँग कस्तो सहकार्य हुन्छ वा सरकारमा सहभागिता हुन्छ हुँदैन भन्नेबारे निर्णय भइनसकेको नेताहरुको भनाइ छ ।

28
Shares
१३ पुष २०७९, बुधबार १७:५६