प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजे बस्नेछ ।प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन आइतबार १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।