विराटनगर । मिल्स माध्यमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ मिल्स एसिया र लियो क्लब अफ मिल्स एरियाले शैक्षिक सामग्री वितरण गरेका छन् ।

मिल्स एरिया निवासी लायन्सकर्मी राजेश खण्डेवालकी फुपूको वार्षिक तिथिको अवसरमा सामग्री प्रदान गरिएको हो ।

कक्षा ५ सम्मका २ सय ५० जना विद्यार्थीलाई ५ सय थान कपी, एक सय थान इरेजर र सिसाकलम वितरण गरिएको जनाइएको छ ।

सामग्री वितरण कार्यक्रममा लायन्स ३१५ ए का पूर्व डिस्ट्रिक्ट गभर्नर फूलकुमार लालबानी, लायन्सकर्मीहरु सञ्जयकुमार कलवार, कैलाश साह, प्रह्लाद बस्नेत, योगेन्द्र साहलगायत सहभागी थिए ।

140
Shares
१२ पुष २०७९, मंगलवार ०९:४७